१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन तोकिएको मितिमा होला कि नहोल भनेर आशंका गरिरहनु पर्दैनः प्रधानमन्त्री देउवा

सुन्दरहरैंचाको प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः विनोद/नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिाय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्। सोमबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुने बताएका हुन्।

देउवाले कतै कतै स्थानीय तहको निर्वाचन निर्धारित समयमा नहुने भन्ने गरिएको भन्दै उनले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा होला कि नहोला भनेर आशंका गरिरहनु नपर्ने स्पष्ट पारे। ‘स्थानीय तहको निर्वाचन होला वा नहोला भनेर आशंका गरिरहनु पर्दैन,’ उनले भने, ‘तोकिएकै मितिमा निर्वाचन गर्न निर्वाचन आयोग र निर्वाचनमा सहयोग गर्न सरकार तत्पर छ।’

देउवाले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष र धाँधलीरहितरुपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए। स्थानीय सरकारले पारदर्शी रुपमा जनताको मन जित्ने काम गर्नुपर्ने नभए संघीयता प्रति जनताको विश्वास घट्ने देउवाको भनाइ छ। देउवाले लेटाङ घटनाको छानविन गरी दोषीमाथि कार्बाही गर्न मातहत निकायलाई निर्देशन पनि दिए।

होलीको दिन छात्रामाथि शिक्षकले दुर्व्यवहारको प्रयास गरेको घटनामा विवाद हुँदा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मीला श्रेष्ठको मृत्यु भएको थियो।

प्रकाशित: ७ चैत्र २०७८ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App