नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा कांग्रेस र एमाले बाहेक अन्य दललाई भोट हाल्नु आवश्यक नभएको बताएका छन्।
नेकपा एमाले मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशलाई दुई वटा दल बाहेक अन्य दल आबश्यक नरहेको बताएका हुन्।
उनले मुलुकमा राजनीतिक दलको संख्या घटाउनुपर्ने भएकाले कांग्रेस र एमाले बाहेक अन्य दललाई मतलान गर्न आबश्यक नभएको स्पष्ट पारे। ‘नेपालमा बलियो राजनीतिक दलको आबश्यकता रहेकाले पूँजीवादको नेतृत्व गर्ने कांग्रेस र समाजवादको नेतृत्व गर्ने एमाले मध्ये एउटा दल रोजौं’ उनले भने , ‘दुई दल मध्ये एउटालाई मतदान गरौं।’
उनले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सार्न नदिने बताए। पोखरेलले नेकपा एमाले एक्लै गठबन्धनसँग निर्वाचनको सामना गर्न तयार रहेको स्पष्ट पारे।
प्रकाशित: २३ फाल्गुन २०७८ १२:३२ सोमबार