१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

एमसीसी देशको हितमा छ पारित गर्नुपर्छ: डा.बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन्। एकमतले पारित गर्नकालागि आवश्यक कदम चाल्न उनले सत्तापक्ष र प्रतिपक्षलाई आग्रह गरे।

पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भएपनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताए। उनले एमसीसीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्पणीमार्फत् पारीत गर्ने ठाउँमा आइपुगेकोमा खुसी व्यक्त गरे। उनले व्याख्यात्मक टिप्पणीलाई नेताहरुले आफ्नो लाज छोप्न बनाएको पातलो लगौटी भएको टिप्पणी गरे।

पूर्वप्रधानमन्त्री भट्टराईले २०६६ सालपछिका सबै प्रधानमन्त्रीहरुको कार्यकालमा यो सम्झौता अगाडी बढेको उल्लेख गरे। उनले हिजो सम्झौता अगाडी बढाउने र आज चर्को स्वरमा विरोधमा उत्रिनेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताए। एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भए सबै नेताहरुले प्रायश्चित गर्न सक्नुपर्ने उनको भनाई छ। पूर्वप्रधानमन्त्री भट्टराईले महत्वपुर्ण विषयमा छलफल हुँदा पनि संसद अवरोध भएको भन्दै सत्तापक्ष र प्रतिपक्षबिचमा समझदारी गरेर संसद सुचारु हुनुपर्ने बताए।

प्रकाशित: १५ फाल्गुन २०७८ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App