जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्।
जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक रहेको बताएका छन्।
भट्टराईले भनेका छन्, 'जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं 'दलीयरगुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं।'
प्रकाशित: ८ फाल्गुन २०७८ १६:२३ आइतबार