१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी छ। सरकार सञ्चालनका लागि सुझाव दिन गठित समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा सुरु भएको हो।

 सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी रहेको बताईएको छ। बैठकमा कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने छ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन्। साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्।

प्रकाशित: ४ माघ २०७८ ०५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App