नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने भन्दै उनी विरुद्ध सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा। सुभाषचन्द्र यादवले उजुरी दिएका हुन्।
चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन्।
चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी ९खुला०कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
प्रकाशित: २२ पुस २०७८ ०६:१५ बिहीबार