२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नवनिर्वाचित अध्यक्ष प्रचण्डले भनेः अब मैले अलिकति भिन्न भूमिकामा जानुपर्ने बेला आएन र?

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्षमा निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेका छन्। सम्बोधन गर्दै उनले आफ्नो काँधमा ठूलो जिम्मेवारी थपिएको बताए।  

अध्यक्ष दाहालले पार्टीलाई रुपान्तरण गर्न र सुदृढ बनाउन आफुले अझै पार्टीको नेतृत्व गर्नुपर्ने महशुस गरेको बताए। ‘म आज फेरि एकचोटी अध्यक्ष पदको सपथ लिएर तपाईहरुका अगाडी उभिँदा र यो मञ्चबाट आम नेपाली जनतालाई सम्बोधन गर्दै गर्दा मैले फेरि राष्ट्र र जनताप्रति म आभारी भएको महशुस गरेको छु र मलाई राष्ट्र र जनताको सेवा गर्ने फेरि एकचोटी ठूलो जिम्मेवारी आएको मैले महशुस गरेको छु’ उनले भने, ‘अनौठो लाग्छ, यतिलामो समय यति धेरै राजनीतिक घटनाक्रमहरु यतिधेरै उतार चढावहरुबाट गुज्रेर फेरि पनि सक्रिय नेतृत्वको भुमिकामा रहिरहँदा कहिलेकाहीँ लाग्छ मैले अब अलिकति भिन्न भुमिकामा जानुपर्ने बेला आएन र भन्ने पनि मलाई लाग्छ।’

उनले थपे, ‘तर देशको समग्र राजनीतिक परिस्थिति हेर्दा हाम्रो पार्टीको रुपान्तरणको ऐतिहासिक आवश्यकतालाई हेर्दा, देशलाई एउटा विन्दुमा लैजाने आवश्यकता, स्थिरताको एउटा बिन्दुमा, विकास र समृद्धिको प्रक्रियामा लैजाने आवश्यकता र यो पार्टीलाई अझ सुदृढ पार्टी बनाउने आवश्यकतालाई हेर्दा मैले अझ केही समय दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ। मैले सक्रिय नै हुनुपर्छ भन्ने बाध्यता रहेको महशुस मलाई हुने गछ । हुने गरिराखेकै छ।’

अध्यक्ष दाहालले आफुबिनाको माओवादी पार्टीको भविष्यबारे अनेक टिकाटिप्पणी हुने गरेको भन्दै आफु नहुँदैमा माओवादी आन्दोलन नसिद्धिने पनि बताए। 

प्रकाशित: १९ पुस २०७८ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App