६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन मंसिर १६ गते हुने

नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन मंसिर १६ गते हुने भएको छ। नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन प्रचार समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश १ को अधिवेशन मंसिर १६ गते विराटनगर–२ स्थित शंकरपुरमा आयोजना गर्ने तयारी भएको जानकारी दिएको हो।

प्रदेश अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने नेपाली कांग्रेस प्रदेश १ प्रथम अधिवेशन प्रचार समितिका अध्यक्ष राजिव कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार अधिवेशनमा प्रदेश भरका करिब १७ सय प्रतिनिधिहरू सहभागी हुनेछन्।

अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, संघीय महाअधिवेशन प्रतिनिधि, प्रदेश निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, प्रदेश अधिवेशन प्रतिनिधिहरू, प्रदेशका केन्द्रीय सदस्यहरू र भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रकाशित: ८ मंसिर २०७८ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App