२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएकाछन्। राईले कात्तिक ३० गते विश्वासको मत लिने  तयारी गरेका हुन्। कात्तिक ३० गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ। सोही बैठकमा विश्वासको मत लिने तयारी गरिएको प्रदेश १ का मुख्यमन्त्री राईले जानकारी दिए। 

यस अघि मुख्यमन्त्री राईले कात्तिक २३ गते नै विश्वासको मत लिने तयारी गरेका थिए। प्रदेशभा बैठक पनि २३ गतेलाई नै बोलाइएको थियो।  तर, प्रदेशसभा बैठक ३० गते सम्मलाई स्थगित गरिएका कारण ३० गतेको बैठकमा राईले  विश्वासको मत लिन लागेका हुन्।  

तत्कालिन मुख्यमन्त्री भीम आचार्यले राजिनामा दिएपछि राई कात्तिक १६ गते  मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेशसभाबाट विश्वासको मत लिएपछि राईले प्रदेश १ को सरकार विस्तार गर्ने बताएका छन्। पाँच दलिय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका राईको पक्षमा बहुमत सांसदको समर्थन रहेको छ। प्रदेश १ को प्रदेश सभामा हाल कायम ९२ जना सांसद मध्ये मुख्यमन्त्री राईको पक्षमा ५० जना सांसद रहेका छन्। प्रतिपक्षी एमालेको पक्षमा ४१ जना र राप्रपाका १ जना सांसद छन्।

प्रकाशित: २४ कार्तिक २०७८ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App