६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसिसी बहुमतले पास गर्छौं: महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले एमसिसी पास हुने बताएका छन्। संसदबाट बहुमतले पास गर्नुपर्ने भएकाले केही छलफल गरेर पास गर्ने उनले बताए। नेपाली काँग्रेसका जिल्ला सभापति उज्जलप्रसाद बरालको मातृशोकमा दुःख प्रकट गर्न सिन्धुली आएका काँग्रेस महामन्त्री कोइरालाले एमसिसी पास गर्दा अमेरिकी सेना आउने भन्ने हल्लानै बकवास भएको बताए।

‘एमसीसी साथ सेना पनि आउँछ भन्ने हल्ला छ, यो पुरै बकवास कुरा हो’, उनले भने, ‘यसमा कुनै आधार छैन, सेना आउने। यो हाम्रो नेपालको संविधान अन्र्तगत नै रहन्छ, दुई तिहाइको बहुमतले सदनबाट पास गर्नुपर्छ, हामी पास गर्छौं।’

उनले अदालतको विवादित विषय प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले नै समाधान गर्नुपर्ने बताए। उनले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा नभए पार्टीको अतित्व नै समाप्त हुने खतरा भएकाले महाधिवेशन जसरी पनि हुने उनले बताए।

प्रकाशित: २३ कार्तिक २०७८ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App