२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका छन्।

‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें,’ हमालले आइतबार नागरिकसँग टेलिफोनमा भने, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’ किन राजीनामा दिन लाग्नुभयो भन्ने प्रश्नमा हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। ‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेउ भनेर दबाब पनि आएको छ, तर, राजीनामा दिन्छु।’  

निष्ठाको राजनीतिक गरेकाले मन्त्री नहुँदैमा केही फरक नपर्ने दाबी गरे।

प्रकाशित: २४ आश्विन २०७८ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App