३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिएको शपथ बदर गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई विपक्षी बनाई अधिवक्ता विशाल न्यौपानेले आज दायर गरेको रिट निवेदनमा कानून निर्माण नगरी गरिएको शपथ असंवैधानिक भएको उल्लेख छ।

कानूनले परिकल्पना गरेको कुनै ढाँचाबिना असंवैधानिक तरिकाले शपथ गराइएको रिट निवेदनमा उल्लेख छ। संविधानबमोजिम कानून बनाई शपथ नलिएसम्म मन्त्रीको हैसियतमा काम नगर्न आदेशको माग रिट निवेदनमा गरिएको छ। उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी बुधबारका लागि तोकिएको छ।

प्रकाशित: १३ आश्विन २०७८ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App