९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनपछि फेरि एमालेको सरकार बन्छ: प्रदीप ज्ञवाली

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गरेका छन्।  

तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै ज्ञवालीले जनादेशको माध्यामबाट फेरी आफनो पार्टी सरकारमा फर्कने बताएका हुन्।  

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।  

ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरे। 

प्रकाशित: १८ भाद्र २०७८ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App