१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुख सापकोटाविरुद्धकाे मुद्दा हेर्न नमिल्नेमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज पनि सुनुवाइ हुन सकेन।सापकोटाविरुद्ध परेको १० वर्ष पुरानो मुद्दाको सुनुवाइ आज ताेकीएकाे थियाे। 

यसअघि गत फागुन ३० गते पेशीमा चढाइएको यो मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो। सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ। 

२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए। साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन्। २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो। त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो। तर हेर्न नमिल्नेमा परे पछि सुनुवाइ हुन नसकेकाे अदालतले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७८ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App