३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नेता झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

फाइल तस्बिर

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।  

उनका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेका हुन्। अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।  

ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो। 

प्रकाशित: २० श्रावण २०७८ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App