४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस: सदस्यता छानबिन मापदण्डमा सहमति

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसहित शुक्रबार बसेको बैठकले प्रक्रिया नपुर्‍याईकन क्रियाशील सदस्यता सिफारिस गरिएको पाइए अस्वीकार गर्नेगरी छानबिन मापदण्ड टुंगो लगाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो। 

सतप्रतिशतभन्दा बढी सदस्यता कुनै वडाबाट वितरण भएको पाइएमा बढी सदस्यता अन्तिमबाट काट्ने समझदारी बैठकमा भएको छ। विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेकालाई मंसिरको निर्णयअनुसारै सदस्यता दिने सहमति गर्दै नेताहरूले संख्या नभएर यसअघि दिएको नामलाई मात्र सदस्यका रूपमा स्विकार्ने सहमति गरेका छन्। छानबिन समितिले टुंगो लगाउन नसकेका विषयलाई केन्द्रीय समितिमा पेस गर्न भनिएको छ।

छानबिन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित क्रियाशील सदस्यतासम्बन्धी विषयले निकास पाएको बताए। यो निर्णयसँगै क्रियाशील सदस्यता छानबिनको काम केही दिनमा सम्पन्न गर्न सकिने बताउँदै उनले भने, ‘सदस्यताका कारण महाधिवेशन प्रभावित हुँदैन। हामी समयमै काम सक्छौं।’

प्रकाशित: १९ असार २०७८ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App