प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ थपिएकामा गृहमन्त्रीमा एमालेका खगराज अधिकारी सञ्चार मन्त्रीमा नैनकला थापा रहेका छन् । नैनकला थापा रामवहादुर थापा ‘बादल’की पत्नी हुन् ।
त्यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ छन् । साह माओवादीबाट एमालेमा आएकी हुन् । उद्योग मन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक रहेका छन् ।
नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज हुने छ । यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।
प्रकाशित: २७ जेष्ठ २०७८ ०९:११ बिहीबार