१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी पूरा

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको सोमबार हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। म्तदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ।

भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको कुँवरले बताए। यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो।  

एमालेले अहिले उनै चन्द्रबहादुर खड्कालाई उमेदवार बनाएको छ। नेपाली काँग्रेसबाट दीर्गनारायण पाण्डेय चुनावी मैदानमा छन्। निर्वाचन कार्यालयले पाण्डेयलाई रुख र खड्कालाइ सुर्य चुनाव चिह्न प्रदान गरीसकेको छ।

उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धन दुवैले आ–आफनो जीत सुनिश्चित भएको दाबी गरीरहेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य पद र एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका पाण्डेयलाई काँग्रेसलगायत माओवादी केन्द्र, जसपाको (उपेन्द्र–बाबुराम समुह) र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद गुमाएका  खडकालाई एमालेले उम्मेदवार बनाएको हो। तर उनलाई एमालेकै माधव नेपाल समूहले मत नदिने बताइएको छ। लुम्बिनीमा पनि बाग्मतीमा जस्तै फ्लोर क्रस हुने दाबी विपक्षी गठबन्धनको छ।  

यस्तो छ अंक गणित 

प्रदेशमा कूल मतदाता संख्या २९६ छ। प्रदेशसभा सदस्य ७९ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१७ जना छन्। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ गणना हुन्छ। मतभार अनुरुप  ७९ प्रदेशसभा सदस्यको ३ हजार ७९२ र स्थानीय तहतर्फका  २१७ जनाको ३ हजार  ९०६ गरी कुल ७ हजार ६९८ मत संख्या छ। जीतका लागि ३ हजार ८५० मत ल्याउनुपर्छ।

मतदानमा भाग लिने प्रदेश सभा सदस्य मध्ये एमालेका ३८ छन्। विपक्षी गठबन्धनमा ४१ छन् अर्थात काँग्रेसका १९, माओवादीका १९ सभामुखसहित, जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ जना छन्। स्थानीय तहका २१७ मध्ये ९४ एमालेका, काँग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन्।  

आफुहरुसँग स्पष्ट बहुमत रहेको दाबी काँग्रेस सहितका विपक्षी गठबन्धनको छ भने एमालेले साना दल र स्वतन्त्रले आफूलाई साथ दिने भन्दै जीत सुनिश्चित रहेको दाबी गरेको छ।

प्रदेश सभामा विपक्षी गठबन्धन बलियो देखिएको छ। स्थानीय तहतर्फ पनि ११८ मतदाता विपक्षी गठबन्धनकै छ। त्यसमाथि बाग्मतीमा जस्तै फ्लोर क्रस हुने निश्चित भएको दाबी विपक्षी गठबन्धनको छ।

नेपाली काँग्रेसका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले आफूहरुसँग स्पष्ट बहुमत रहेकाले जीत सुनिश्चित रहेको बताए। माओवादी केन्द्रका नेता सुदर्शन बरालले गठबन्धनमा प्रदेशसभातर्फ कूल १ हजार ९६८  र स्थानीय तहतर्फको १ हजार ९९८ गरी कूल ३ हजार ९८४ मत संख्या रहेको दाबी गरे। त्यसका अलावा केही मत फ्लोर क्रसबाट आउने भन्दै पाण्डेयको जित सुनिश्चित भएको दाबी गरे।

एमालेका खड्काको पक्षमा भने प्रदेशसभामा ३८ र स्थानीय तहमा ९४ प्रमुख उपप्रमुख छन्। त्यसबाहेक जसपाको ठाकुर पक्षका ६ जना जसपाको ठाकुर पक्षका, नयाँ शक्तिका  एक जनाले पनि एमालेलाइ सघाउने बताइएको छ।

एमालेको पक्षमा कुल ३ हजार ६६० मतसंख्या हुन आउँछ।  एमालेकै माधवकुमार नेपाल समूहका जनप्रतिनिधिले बाग्मतीमा जस्तै फ्लोर क्रस गरे यो संख्या अझ घट्ने छ। नेकपा एमाले आफ्ना उम्मेदवारलाई जिताउन सुरुदेखि नै रणनीतिक योजना बनाएर लागेकाले जीत सुनिश्चित भएको बताएको छ। साना दल र स्वतन्त्रहरुले आफूलाई साथ दिने दाबी उसको छ। एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले एमालेका खड्काको जीत सुनिश्चित भएको दाबी गरे।

 

प्रकाशित: १६ जेष्ठ २०७८ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App