१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउन संविधानबमोजिम सरकार बनाउन समय दिँदा पनि राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण भएकाे जिकिर गरेका छन्। 

आज प्रधानमन्त्री निवासमा सन्चारकर्मीहरूसँग छलफल गर्दै ओलीले सक्ने भए प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव ल्याउन पहिला पनि समय थियो भन्दै राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण भएको जिकिर पनि गरेका हुन्। ‘‘मैले गरेको सिफारिशप्रति म जवाफदेही छु। राष्ट्रपतिलाई दोष नदिऔँ। संंविधानको व्याख्या गर्ने सर्वोच्च अदालतले हो। मैले शपथ लिँदा प्रतिगमन हुने, कसले सपथ लिएमा क्रान्ति हुने हो ?’’, पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीको जवाफ थियो।

एमालेभित्रको विवादबारेको प्रश्नमा उनले संसदीय प्रणालीमै ‘फ्लोर क्रस’ गराउने र प्रणालीकै धज्जी उडाउने गतिविधि हुँदैनथ्यो भने २०७५ जेठ २ मा फर्कन कुनै आपत्ति नभएको स्पष्ट गर्दै त्यस्ता अनुशासनहीन गतिविधि नभएको भए एमालेभित्रको समस्या राष्ट्रिय चासोको विषय नहुने जनाए।  ‘‘राजनीतिक हिसाबले पार्टी एकीकरण कायम छ, कानूनी समस्या आएकाले एकतापूर्वको अवस्था आएको हो। नेकपाको सट्टामा सहमतिका आधारमा अर्को नयाँ लिएर दल दर्तामा जान केही साथीहरु चाहनुभएन। एकीकरणमा आएका साथीहरुसहित एमाले नाम मञ्जूर गर्नुपरेको हो। असतुष्ट रहेका माधवकुमार नेपालसहितका नेताहरुको अनुशासनहीन काम रोकिने स्थिति भएमा संवादबाट व्यवस्थापन गरिनेछ। होइन भने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेभित्र भएको अन्तर्घातको पनि हिसाबकिताब गरिनेछ।’’

कोभिड नियन्त्रणको प्रभावकारिताबारेका प्रश्नमा प्रधानमन्त्री ओलीले मानवीय जीवनको रक्षाका सवालमा सबै देशले गरेका प्रयास र उपलब्धि सबै देशको हुने भएकाले थप मात्राको खोप ल्याउन छिमेकी भारत र चीनसहित संयुक्त राज्य अमेरिका, बेलायतलगायत अन्य मुलुकसँग उच्चस्तरमा संवाद भइरहेको जानकारी दिए। उनले आवश्यकता परेमा स्वास्थ्य मापदण्ड अपनाएर महामारी कायम रहेमा पनि निर्वाचन गर्न सकिने उदाहरण विश्वका अन्य मुलुकबाट पनि प्राप्त भइसकेको उल्लेख गरे।

प्रकाशित: ७ जेष्ठ २०७८ ०९:३० शुक्रबार

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रमाथिको आक्रमण