२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको टिप्पणीः विश्वास प्राप्त नहोस् भनेर एमालेभित्रकै तत्व लागे

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्रैबाट सरकारलाई विश्वास प्राप्त नहोस् भनेर अलोकतान्त्रिक ढङ्गले अनुशासनहीनरुपमा केही तत्व लागेको टिप्पणी गरेका छन्।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक ढङ्गले आफ्नो दलको सरकार ढाल्ने र विपक्षीको नेतृत्वमा सरकार बनाउने प्रयास भएको र आफ्नै दलको सरकारलाई विश्वास प्राप्त नहोस् भनेर आपराधिक प्रकारका काम पनि भएको टिप्पणी गरेका हुन्।

उनले गत वैशाख २७ गते आफूले प्रतिनिधिसभामा विश्वासको मत लिन जाँदा पारित नहुने प्रस्ताव ल्याएर नाटक गरेको भनिएको र यो सरकारलाई विश्वासको मत लिने नैतिक हिसाबले पनि छैन भनी आरोप लगाइएको स्मरण गराउँदै त्यसपछि दुई वा दुईभन्दा बढी दलले ७६ (२) बमोजिमको सरकार बन्न तीन दिनको समय दिँदा बन्न नसकेपछि आफूले नचाहेर पनि ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त भएको स्पष्ट गरे।

प्रकाशित: ७ जेष्ठ २०७८ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App