२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली सरकारलाई विश्वास मत दिन्नौः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार तीन वर्षमा असफल भएको बताउँदै बर्तमान सरकारको विपक्षमा मतदान गर्ने बताएका छन्। यो सरकारले विश्वासको मत पाउन नसक्ने बताउँदै धारा ७६ (२) बमोजित अगाडी बढ्ने कांग्रेसको धारण रहेको बताए।  

सोमबार संसद बैठकमा बोल्दै देउवाले ओली कार्यकालमा भएका विभिन्न विकृती औल्याउँदै आफूहरुले सरकारलाई विश्वास गर्न नसकिने बताए। ‘सरकार आएपछि विभिन्न अपराधिक घटना बढ्दै गएको छ,’ उनले भने, ‘आफूले गरेको बाचाभन्दा पनि संविधान मिच्ने काम बढी गरेका छन्।’

आफ्ना नजिकका व्यवसायीलाई पोस्नका लागि जनताको ज्यान दाउमा लगाएको आरोप लगाउँदै उनले व्यापारी पोस्न सरकार लागेको आरोप लगाए। कोरोना महामारीको १ वर्षको अवधिमा सरकार यसलाई नियन्त्रण गर्न असफल रहेको बताए।

प्रकाशित: २७ वैशाख २०७८ ०९:२१ सोमबार

ओली सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विश्वासको मत