५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन्।  

प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए। मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो।  

आज अविश्वासको प्रस्ताव उपर छलफल हुने र भोली मतदान हुने कार्यसुची प्रदेशभसभाले तय गरेको थियो। संसदमा अविश्वास प्रस्तावको सामना गर्न नसकेर उनले राजीनामा दिएको माओबादी केन्द्रका एक सांसदले जानकारी दिए।

प्रकाशित: १९ वैशाख २०७८ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App