१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेबाट ओली अन्तिम प्रधानमन्त्रीः सांसद कँडेल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने दाबी गरेका छन्। सोमबार प्रतिनिधि सभाको शून्य तथा विशेष समयमा बोल्दै सांसद कँडेलले यही अवस्था रहीरहेमा एमालेबाट ओली अन्तिम प्रधानमन्त्री हुने बताएका हुन्।

कँडेलले २०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी अभिव्यक्ति दिएको स्मरण गर्दै भने, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो, त्यही शब्दमा भन्ने हो भने, यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्।’

प्रकाशित: २३ चैत्र २०७७ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App