२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

समर्थन फिर्ता लिए, राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन्। बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो समर्थन लिए राजीनामा दिने बताएका हुन्।  

‘प्रधानमन्त्रीको राजीनामा मागेको आज हो र? मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? एउटाले माग्दैनन्, दुइटाले माग्दैनन्। एकदिन माग्दैन दुईदिन माग्दैन। ए बाबा हटाउन त। समर्थन फिर्ता लिइदिउ भन्छु, लिँदैनन्। अनि राजीनमा माग्छ। समर्थन पिर्ता गर आइहाल्छ राजीनामा’, उनले भने।  

माओवादी केन्द्र तर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिएको समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन्।  

त्यस्तै उनले  काठमाडौँमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले मेलम्चीको पानी आएको समाचार नछाप्ने तर प्रधानमन्त्रीको राजीनामाको समाचार छाप्ने असन्तुष्ट पोखो।  

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमलाई असन्तुष्ट पोख्दै भने, ‘मेलम्चीमा पानी आएको समाचर छापिन्छ। प्रधानमन्त्रीको राजीनाको समचार चाहि छापिन्छ। दिनै पिच्छे राजीनामको समाचार छापिन्छ।’ 

प्रकाशित: २१ चैत्र २०७७ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App