१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विघटनकाे कदम सही थियो भनेर प्रमाणित गर्न ओलीले संसद्लाई कामविहीन बनाउँदैछन् : गगन थापा

फाइल तस्बिर।

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद्सँग बदला लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको अपमान गरिरहेको आरोप लगाएका छन्। मंगलबार प्रनिनिधिसभामा बोल्दै सांसद् थापाले ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान भइरहने बताए।

‘हामी स्पष्ट छौँ, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार र अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ,’ उनले भने, ‘यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन्। किनकि यो संसद् र सांसदको अपमान हो।’  

ओलीले आफूले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई सही साबित गर्न संसद्लाई कामविहीन बनाएको थापाको दाबी छ। ‘कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने?’ उनले भने।

प्रकाशित: १० चैत्र २०७७ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App