१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

'ओलीलाई विदेशीबाट पोषित एजेन्ट भन्ने प्रचण्डले सरकारलाई दिएको समर्थन किन कायम राखेको ?'

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिएर ‘लाजमर्दो राजनीति’ गरेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले केही दिनअघि प्रधानमन्त्री ओलीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी लगाएको आरोपलाई लिएर टिप्पणी गरेका हुन्।

‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति,’ थापाले ट्विटरमा लेखेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई ‘२०/२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो भन्दै हेर्दै जाँदा सबैले केपी नै देखियो भनेका छन्' भनी अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर राप्रपा अध्यक्ष थापाले टिप्पणी गरेका हुन्।

प्रकाशित: ९ चैत्र २०७७ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App