जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेललाई सिमराका स्थानीयले जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै रोकेका छन् । आवश्यक परेको बेला बेलाउँदा भेट्न नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएपछि आक्रोशित बनेका स्थानीयले नगरप्रमुख स्वार गाँडीलाई गेटमै रोकेर विरोध गरेका हुन् ।
जगदम्बा स्टिल उद्योग र स्थानीयबीच देखिएको समस्या समाधान गर्नका लागि बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला प्रशासन कार्यालय बारामा जगदम्बा स्टिलका प्रतिनिधि, स्थानीय र सुरक्षाकर्मीबीच छलफल राखेका थिए । जगदम्बा स्टिल उद्योगविरुद्ध स्थानीयले आन्दोलन गर्दा नगरप्रमुखले साथ नदिएको गुनासो छ । प्रहरीले कुटपिट गर्दासमेत बोलाउँदा नगरप्रमुख नआएर अनुहार लुकाएको भन्दै सचेत गराएको स्थानीय सन्तोष कार्कीले बताए ।
समस्या पर्दा नगरप्रमुखले जिम्मेवार व्यवहार नदेखाएको र अब पनि गैरजिम्मेवारी व्यवहार देखाउँदा स्थानीयले नछोड्ने सचेतसमेत गराइएको कार्कीले जानकारी दिए । नगरप्रमुख पौडेलले स्थानीयले जगदम्बा उद्योगविरुद्ध सँगै आन्दोलन गर्न अपेक्षा गरेका र स्थानीय सरकारको प्रमुखले सडकमा उत्रेर आन्दोलन गर्न नसकिने भएपछि स्थानीयले गाडी रोक्न पुगेको बताएका छन् ।
प्रकाशित: ७ चैत्र २०७७ ०१:१४ शनिबार