८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ। शुक्रबार अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले नयाँ महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस गरेको हो।

बडालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक र लोकतान्त्रिक भनेका थिए।  

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।  

यसअघि आजै ०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त भएका खरेलले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: ६ चैत्र २०७७ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App