१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली र नेपालबीच भेटवार्ता हुँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।

स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुन लागेको हो।  

चार महिनापछि ओली र नेपाल बीच  भेटवार्ता हुन लागेको हो । भेटवार्तामा ओली र नेपाल समूहका केहि नेताहरू सहभागी हुँदै छन् ।

एमालेभित्र विवाद चर्किँदै गएपछि  दुबै सहूहका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए।  

सर्वोच्च अदालतले नेकपा एकता बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएसँगै फागुन २८ मा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक डाकेर खनाल–नेपाल पक्षका पदाधिकारीलाई जिम्मेवारीबाट हटाएका थिए।

ओलीले एकलौटी रूपमा गत शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई वैधता नदिन माग गर्दै खनाल–नेपाल पक्षीय पदाधिकारी तथा स्थायी कमिटी सदस्य आइतबार निर्वाचन आयोग पुगेका पुगेका थिए। 

प्रकाशित: २ चैत्र २०७७ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App