१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको पोखरा तालिकाः शिलान्यास, मन्तव्य र रंगशाला

पोखरामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः उमेश पुन÷नागरिक

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएका छन् । तीनवटा कार्यक्रममा सहभागि हुनेगरि प्रधानमन्त्री ओली पोखरा आएका हुन् । प्रधानमन्त्री ओली सोमबार दिनभर पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुनेछन् ।  

भवन शिलान्यास, कार्यकर्ता भेला सहित रंगशाला अवलोकन प्रधानमन्त्री ओलीको पोखराको तालिका रहेको छ । नेकपा ओली समुहका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजिव पहारीका अनुसार पोखरा ओर्लिएपछि प्रधानमन्त्री ओली गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गरेका छन् । ३३ करोड रुपैयाँ लागतमा उक्त भवन बन्नेछ ।

भवन शिलान्यास पश्चात प्रधानमन्त्री ओली दिउँसो अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुनेछन् । त्यहाँ उनले प्रशिक्षण मन्तव्य राख्ने पहारीले जानकारी दिए । ‘दिनभरको व्यस्त तालिकामा सहभागि हुन प्रधानन्त्री आउनु भएको हो,’ पहारीले भने । नेकपा ओली समूहले यसअघी फागुन १५ गतेका लागि तय भएको आमसभा रोकेर सोमबार प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ ।  

ओलीले सोमबार दिउँसो पोखरा रंगशालाको अवलोकन गर्ने तालिका तय भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले बताए । उनका अनुसार प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मन्तव्य राखेर सिधै रंगशाला पुग्नेछन् । त्यहाँ उनले भलिबल, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हल हुँदै फुटबल स्टेडियम, फुटबल टेक्निकल सेन्टर, क्रिकेट मैदान, स्विमिङ पुल निर्माणस्थल, लनटेनिस, स्क्वास, आर्चरीलगायतका खेल मैदानको अवलोकन गर्नेछन् ।  

सुरक्षा निकायले पनि प्रधानमन्त्रीको तालिका व्यस्त रहेको बताएको छ । प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने तालिका तय भएपछि रंगशाला प्रवेशद्वार र फुटबल स्टेडियम प्रवेशद्वार सजाइएको छ ।  

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालामा निर्माण भएका संरचना देखाउँदै बाँकी पूर्वाधार बनाउन आवश्यक बजेट थप गरिदिन आग्रह गर्नका लागि प्रधानमन्त्री ओलीलाई पोखरा रंगशालाको अवलोकन गराउन लागिएको बताए ।  

‘हामीले पोखरा रंगशालामा बनाएको पूर्वाधार देखाउन चाहेका हौ,’ उनले भने, ‘त्यसपछि निर्माणाधीन र निर्माण गर्न बाँकी पूर्वाधार देखाएर बजेट माग गर्ने पनि उद्देश्य हो ।’ नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट निकासामा सहज हुने अपेक्षाका साथ प्रधानमन्त्रीलाई रंगशाला अवलोकन गराउन लागिएको उनले बताए । 

प्रकाशित: १७ फाल्गुन २०७७ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App