१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्डले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्नु खेदजनक : शान्ता चौधरी

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ शान्ता चौधरीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षदेखि नेपाली जनताको भावनाको अपमान हुनेगरी विभिन्न गतिविधि गरेको आरोप लगाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ चौधरीले शुक्रबार साँझ प्राइम टाइम्स टेलिभिजिनमा ऋषि धमालासँगको अन्तार्वार्तामा प्रचण्डले ‘भारतीय पक्षपोषण’ हुनेगरी अभिव्यक्ति दिएको अरोप लगाएकी छन्।

‘देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहिमा रहेको भ्रम चिरिदिनुभयो,’ उनले लेखेकी छन्,‘अस्ति आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने कुरा आउनु खेदजनक छन्।’

शुक्रबार साँझ प्राइम टाइम्स टेलिभिजनका लागि धमालासँगको कुराकानीका क्रममा प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समीकरण गर्दा भारत र चीन दुवैका लागि फाइदा हुने बताएका थिए। 

प्रचण्डले भनेका थिए,‘म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको लागि पनि ‘कम्फर्टेबल’ समीकरण हो। चीनको लागि पनि यो ‘कम्फर्टेबल’ नै हुन्छ। यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुपर्‍याे भनेर मैले भनेको छु। फेरि आत्मसमीक्षासहित भनेको छु। यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो।’

सोही अभिव्यत्तिलाई लिएर प्रचण्डको अहिले सामाजिक सञ्जालमा ओलोचना भइरहेको छ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App