नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम रहेको छ।
सरकारलाई दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको स्रोतले जनाएको छ। आज अपराह्न ४ बजेदेखि ५ बजेसम्मको उक्त कार्यक्रममा करिब १० हजार कार्यकर्ताको सहभागी रहने अपेक्षा गरिएको बताईएको छ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड-नेपाल समूहले फागुन ५ गतेदेखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो।
प्रकाशित: ६ फाल्गुन २०७७ ०४:३३ बिहीबार