११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

परदेशी छोराको मुख हेर्न रहर छ

न तिहारका उमङ्ग छ  न दसैँ को रहर छ 

न मेला–झाकी छ,  न जात्राको  सहर छ 

तिमी हिँडेपछि  सबै तिर  बगर छ 

न गुमाउने डर छ, नर रमाउने  प्रहर छ 

खासमा आज आमाको मुख हर्ने दिन 

तर छोरा , मलाई  तिम्रो  मुख हेर्ने रहर  छ। 


तिमीले मोबाइलमा पठाएको सन्देश हैन

तिम्रो आँखाको नानी हेर्ने रहर छ 

पर वाट बोलेको तिमी हैन

नजिकै  टाँसिएर साउती गर्ने रहर छ 

तिमिलाई मोबाइलमा हैन,  

मुलुकमै हेर्न रहर छ 

खासमा आज  आमाको मुख हेर्न दिन

तर मलाई तिम्रो अनुहार हेर्न मन छ। 


तिमिले मिठाई किन्न रेमिटेन्स  पठायौ 

तर मलाई  तिम्रो हातको  रोटी खाने   रहर छ 

तिमिले ओढ्ने किन्ने पैसा पनि पठायौ 

तर तिम्रो अँगालोमा बाँधिने  रहर छ।  

खासमा आज आमाको मन हेर्न दिन 

 तर मलाई तिम्रो अनुहार हेर्न मन छ। 

 

तिमीलाई ताते गराउँदै गाउँ डुलाउँथे 

तिम्रो औला समाएर  सहर घुम्ने रहर छ 

सानो कटेरोमा  मेरो काखमा निदाउँथ्यौ 

तिम्रो काखमा निदाएर आराम गर्ने रहर छ 

खासमा आज  आमाको मुख हेर्न दिन

तर मलाई तिम्रो अनुहार हेर्न रहर छ। 


मेलाबाट ढिलो आउँदा तिमि कति आत्तिन्थ्यौ  

तिमिले ढिलो गर्दा म त्यसै गरी अत्ताएको छु।

 तिमी निदाउनु अगाडी म कसैगरी आउँथे 

म निदाउनु अगाडी  नै तिमी आऊ भन्ने रहर छ 

खासमा आज आमाको मुख हेर्न दिन 

मलाई तिमी  आएको  दिन   हेर्न रहर छ। 

प्रकाशित: २६ वैशाख २०८१ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App