१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको छ। नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगन र भ्रष्टचारको विरोधमा काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध कार्यक्रम गर्ने भएको हो ।  

त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।  नेकपाले फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा प्रतिगमनविरुद्ध हस्ताक्षर संकलन बताएको छ ।  यसअघि प्रचण्ड–नेपाल  समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू गरेका थिए । 

प्रकाशित: २ फाल्गुन २०७७ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App