प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेका छन्। मंगलबार आयोगको कार्यालय पुगेका ओलीले निर्वाचनको तयारीको बारेमा जानकारी लिएका थिए।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले गरेको तयारीको विषय, सुरक्षाको बन्दोबस्ति र बजेटबारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
प्रधानमन्त्री ओलीले आयोगको तयारी सन्तोषजनक रहेको बताउँदै निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन सुझाव दिएका थिए।
दलको विवादको सम्वन्धमा खास छलफल नभएको थापाले बताए। दलको विवादबारे माघ ११ गते आयोगले एउटा निर्णय गरेको र माघ २० गते अर्को निवेदन प्राप्त भएको जानकारी थपलियाले दिएका थिए। प्रधानमन्त्रीले निर्वाचन कानुन र अभ्यासबारे जिज्ञासा राख्नु राखेका थिए।
थपलियाले तोकिएको समयमा निर्वाचन गराउन बाहेक अरु विषयमा आयोगलाई मतलव नभएको बताएका थिए।
प्रकाशित: २७ माघ २०७७ ०७:४२ मंगलबार