नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गरेको छ । शुक्रबार ओली समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गरेको हो ।
ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता आएका छन् । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्दै छन् ।
प्रकाशित: २३ माघ २०७७ ०७:४२ शुक्रबार