४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ढुक्क हुनुहोस्, फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना छैन : माधव नेपाल

शुक्रबार संविधान निगरानी समूहद्वारा आयोजित प्रतिनिधि सभा विघटन संवैधानिक व्यवस्था र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल। तस्वीरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन्। शुक्रबार संविधान निगरानी समूहद्वारा आयोजित प्रतिनिधि सभा विघटन  संवैधानिक व्यवस्था र चुनौति विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूलाई कतिपयले फेरि ओलीसँग मिल्नसक्ने आशंका गरेको तर त्यसको कुनै सम्भावना नरहेको बताएका हुन्।  

‘कतिपयको मनमा आशंका छ, कतै यिनीहरु फेरि मिल्ने त होइनन्? हामी सबै अप्ठेरोमा पर्ने त होइनौं? तर, ढुक्क हुनुहोस्, यसको कुनै सम्भावना छैन,’ नेता नेपालले भने, ‘केपी ओलीजी भाँचिन तयार हुनुहुन्छ, झुक्न तयार हुनुहुन्न। केपी ओली भनेको दम्भको एउटा प्रतीक हुनुहुन्छ। उहाँ अहंकारको अर्को संस्करण हुनुहुन्छ। सत्ताको दुरूपयोग गर्ने उहाँको निरंकुश प्रवृत्तिले गर्दा उहाँलाई यो ठाउँमा पुर्‍याएको हो।’

उनले प्रधानमन्त्री ओलीको ‘आफू नै राष्ट्र हुँ’ भन्ने सोचका कारण समस्या उब्जिएको पनि बताए। ‘‘आइ एम द स्टेट’, ‘आइ एम द पार्टी एण्ड एभब द पार्टी’, ‘आइ एम एभब द ल’ भन्ने मानसिकताले उहाँलाई यो ठाउँमा पु¥याएको हो। त्यस्तो प्रवृत्तिलाई हामीले छुट दिने हो भने यो देशमा फेरि यस्तै प्रवृत्तिको व्यक्ति जन्मिनेछन्,’ नेता नेपालले भने।

प्रकाशित: २ माघ २०७७ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App