विवेकशील पार्टीले आज माइतीघर मण्डलमा 'लोकतन्त्रको बिरुवा नमार !' भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ।
'लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ। यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत हो। सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई संवर्द्धन तथा संरक्षण गर्नको लागि अगाडि लाग्नुपर्छ', विवेकशील पार्टीका नेता शशिबिक्रम कार्कीले भने।
विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध प्रदर्शन गरिरहेको छ। भोलि २७ औं दिन पनि बिहान १०ः३० बजे माइतीघर मण्डलमा प्रदर्शन जारी रहने छ।
प्रकाशित: २ माघ २०७७ ०७:५६ शुक्रबार