९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

राजसंस्था नहुँदा विदेशीको चलखेल तीव्र रुपमा बढ्यो : कमल थापा

फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था नहुँदा देशमा विदेशीको चलखेल तीव्र रुपमा बढेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था नहुँदा देश अभिभावकविहीन बनेपछि विदेशीको चलखेल बढेको बताएका हुन्।  

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले ‘कहिले दक्षिणबाट त कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको’ दाबी गरे।  

अर्को प्रसंगमा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको एजेण्डा अब आम नेपालीको मुद्दा बनिसकेको जिकिर गरे। अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापित गर्दै संघीयतालाई पुनरावलोकन गर्नुपर्नेमा विशेष जोड दिएका थिए।

उनले देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका लागि आवश्यक परेको खण्डमा मर्न र मार्न पनि तयार रहेको बताए।

भिडियो हेर्नुस्

प्रकाशित: १७ पुस २०७७ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App