सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ।
प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन भएको हो। संवैधानिक इजलासमा आजैदेखि सुनुवाइ सुरु हुने भएकोे छ।
सरकारले गत आइतबार संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो। त्यसविरुद्ध परेका दर्जनभन्दा बढी रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो।
प्रकाशित: १० पुस २०७७ ०५:३७ शुक्रबार