२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहाल - माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (दाहाल माधव समूह) संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन्। बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेतामा चयन गरेको हो।

अर्का अध्यक्ष माधव कुमार नेपालले दाहाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए। नेपालको प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो।

यस अघि मंगलबार बसेको उक्त समूहको केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। बैठकले माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो।

 

 

प्रकाशित: ८ पुस २०७७ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App