४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

क्याप्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय समितिको भेलाले पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई पदबाट हटाउने निर्णय गरेको छ।  

मंगलबार बबरमहलमा बसेको बैठकले ओलीलाई कारबाही स्वरूप अध्यक्ष पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

ओलीले संसद भंग गरे लगत्तै बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। आज विहान मात्र बसेको ओली समूहको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो। यस्तै ओली समूहले केन्द्रीय समिति विस्तार गरेको थियो।

 

 

 

प्रकाशित: ७ पुस २०७७ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App