भारतको कर्नाटक विधान परिषद् बैठकमा मंगलबार गोरक्षासम्बन्धी कानुनका विषयमा हंगामा मच्चिएको छ।
कांग्रेसका केही परिषद् सदस्य (एमएलसी) उपसभापति भोजेगौडा बसेको ठाउँसम्म पुगे। उनीहरूले उपसभापतिलाई तानेर कुर्सीबाट खसाइदिए र कुटपिट गरे। केही विधान परिषद् सदस्यले उनलाई कांग्रेस परिषद् सदस्यबाट छुटाएकाे भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ।
यसपछि कांग्रेसका सबै परिषद् सदस्य्लाई सदनबाट बाहिर निकालियो। उनीहरूले कानुनको विरोधमा नाराबाजी गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: ३० मंसिर २०७७ ०९:०० मंगलबार