४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिहीबार सचिवालय बैठक बोलाउन दाहालको ओलीलाई प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन्।

ओलीलाई भेट्न बालुवाटार पुगेका दाहालको प्रस्तावमा ओलीले भने सहमति नजनाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। पार्टी मुख्यालय धुम्वाराहीमा सचिवालयका ५ जना नेता छलफलमा बस्नु अघि दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बुधबार ओली किमाथाङ्का जाने कार्यक्रम रहेकोले दाहालले पर्सीलाई सचिवालय बोलाउन प्रस्ताव गरेका थिए।  

ओलीले बैठक बोलाउन नमानेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नमा श्रेष्ठले भने, 'आशा छ त्यस्तो परिस्थिति आउने छैन र हामीले त्यसरी सोचेका पनि छैनौ।' सचिवालयका नेताहरुले पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै ओलीलाई एजेण्डासहित लिखित पत्रसमेत दिएका थिए।

 

 

प्रकाशित: २५ कार्तिक २०७७ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App