१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा विजयी भएपछि बाइडेनले के-के भने पहिलो सम्बोधनमा? (भिडियो)

जो बाइडेन

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको राष्ट्रपति चुनाव जितेपछि जो बाइडेनले नेपाली समयअनुसार आइतबार बिहान देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन्।  

बाइडेनले अमेरिकी नागरिकले आफूलाई देशको इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताएको भन्दै धन्यवाद दिएका हुन्।  

उनले भने, ‘अमेरिकाका नागरिकले स्पष्ट जनादेश दिएका छन्। यो जित तपाईंहरूकै हो। मैले ७.४ करोड भोट प्राप्त गरेको छु। यति मत अहिलेसम्म कसैले पाउन सकेका थिएनन्।’

अमेरिकी नागरिकले आफूप्रति गरेको विश्वास विनम्रतापूर्वक स्वीकार गरेको उल्लेख गर्दै बाइडेनले अगाडि भने, ‘म सबैलाई साथमा लिएर अघि बढ्छु। अब अमेरिकालाई रातो वा नीलो राज्यका रूपमा होइन, एउटै अमेरिका बनाउँछु। म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन। म यस मुलुकलाई फेरि उठाउँछु।’

पहिलो काम काेराेना महामारी नियन्त्रण

यस्तै बाइडेनले अब आफ्नो पहिलो काम कोरोना महामारी नियन्त्रण हुने बताएका छन्। त्यसका लागि सोमबार नै एउटा टोली घोषणा हुने उनले जानकारी दिए।  

उनले भने, ‘टोलीमा शीर्ष वैज्ञानिक र विशेषज्ञ रहनेछन् र तिनले कोभिड प्लानअन्तर्गत काम गर्नेछन्। यो योजना जनवरी २१ देखि लागू हुनेछ।’

ट्रम्पका समर्थकलाई पनि सम्बोधन

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले चुनावमा पराजित डोनाल्ड ट्रम्पका समर्थकलाई पनि सान्त्वना दिएका छन्।

उनले  भने, एकअर्कालाई मौका दिऔं। आपसमा मिलौं...आफ्ना प्रतिद्वन्दीलाई दुश्मन देख्ने प्रवृत्ति अन्त्य गरौं। म ती नागरिकका लागि पनि समान रूपमा कडा मिहिनेत गर्नेछु, जसले मलाई मत दिएनन्।’

बाइडेनकाे पहिलाे सम्बाेधनकाे भिडियो-

प्रकाशित: २३ कार्तिक २०७७ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App