६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश २ : समाजवादीको संसदीय दलमा मन्त्री सोनलको पनि आकांक्षा

प्रदेश नम्बर २ मा समाजवादी पार्टीको संसदीय दलको नेता बन्नको लागि  मुख्यमन्त्री  लालबाबुब राउत गद्दी र भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द सोनलबीच आन्तरिक प्रतिस्प्रर्धा चलेको छ।  मुख्यमन्त्री  लालबाबुब राउत गद्दी तत्कालिन संघीय समाजवादी पार्टीका संसदीय दलका नेता हुन भने भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द सोनल तत्कालिन राष्ट्रिय जनता पार्टीका संसदीय दलका नेता हुन्।

मुख्यमन्त्री गद्दीले दुई पार्टीको एकता पछि पनि दलको नेता बनेर मुख्य मन्त्रीको कुर्सीमा बसिराख्न तत्कालिन पार्टीका प्रदेशसभा सदस्यहरुलाई आफुतिर तान्ने कोशिष गरिरहेका छन् भने  अर्को तर्फ मन्त्री जितेन्द सोनल आफु संसदीय दलको नेता बनेर मुख्यमन्त्री बने पछि प्रदेशलाई हालको नेतृत्व भन्दा राम्रो गरेर देखाउने भन्दै सदस्यहरुलाई आफु तिर तान्ने काम लागेका बताइएको छ।

प्रदेश नम्बर २ का तत्कालिन राष्ट्रिय जनता पार्टीका सचेतक प्रमेश्वर साहले दुई पार्टी एकता भएको अवस्थामा प्रदेश २ को संसदीय दलको नेता पनि एक रहने र त्यसको लागि तयारी चलिरहेको बताए।  

नयाँ संसदीय दलको नेता बन्नको लागि मुख्यमन्त्री  गद्दी र मन्त्री जितेन्द सोनल मुख्य प्रतिस्पर्धीको रुपमा रहेको र अन्य प्रदेश सभा सदस्यहरु संसदीय दलको नेता बन्न खुलेर अगाडि नआएको साहले बताए।

भादौ मसान्तसम्ममा पार्टीमा नयाँ संसदीय दलको नेता आउने बढी सम्भावन रहेको र त्यही अनुसार सरकारदेखि मन्त्री पनि परिवर्तन हुने सचेतक साहले बताए। एक सय ७ जना प्रदेश सभा सदस्य रहेको प्रदेश नम्बर २ मा समाजवादी पार्टीका ५५ जना सदस्यहरु रहेका छन्।

५५ जना सदस्यहरु मध्ये तत्कालिन संघीय समाजवादी पार्टीका ३० र राष्ट्रिय जनता पार्टी २५ रहेका बताइएको छ।   प्रदेश नम्बर २ का तत्कालिन संघीय समाजवादी पार्टीका सचेतक शैलेन्द्र प्रसाद यादवले दुई पार्टी एक भएको अवस्थामा प्रदेश सभामा रहेका दुई जना संसदीय दलको नेता र दुई जना सचेतक मध्ये एक एक जना मात्रै रहेने राजनीतिक व्यवस्था अनुसार नै नयाँ संसदीय दलको नेता र सचेतक भादौसम्ममा चुनिने सम्भावन रहेको बताए।

नयाँ संसदीय दलको नेता आए पछि सरकरा त्यही अनुसार गठन हुने सम्भावनालाई नकार्न नसकिने अवस्था रहेको यादवले बताए। दुई पार्टी एक भए पनि अहिले महन्थ ठाकुरको नेतृत्वमा ५१ जना कार्यकारणी समिति गठन मात्रै भएको र विभागहरु बाँडफाड गर्ने काम बाँकी नै रहेको त्यसको लागि बुधबारदेखि काठमाडौमा पार्टीका नेताहरुको बैठक बस्ने कार्यक्रम रहेका यादवले बताए।

बैठकले संसदीय दलको नेता चुन्नको लागि आवश्यक पर्ने विधान पारीत गरे पछि जनकपुरमा पार्टीको बैठक बसेर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाउने यादवले बताए।

प्रदेश सभामा तत्कालिन राजपा भन्दा संघीय समाजवादी पार्टीबाट बढी सदस्यहरु रहेका छन्। संसदीय दलको नेताको लागि मुख्यमन्त्री गद्दीलाई तत्कालिन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अघि सारेका छन् भने मन्त्री जितेन्द सोनल जनता समाजवादी पार्टीका संयोजनक  महन्थ ठाकुरले अघि सारेका जनतासमाजवादी पार्टीका नेताहरुले बताएका छन्।

 

प्रकाशित: २१ श्रावण २०७७ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App