८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘नेपालसँगको सम्बन्धलाई चीन ठूलो महत्व दिएको छ’

फाइल तस्वीर

चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले ठूलो महत्व दिएको बताएका छन्।  नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सवका अवसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुभकामना तथा बधाई आदानप्रदान गर्दै सीले  द्विपक्षीय हित र प्रगतिका लागि आफू नेपालसँग सहकार्य गर्न निकै इच्छुक रहेको धारणा राखेका हुन्।  

राष्ट्रपति सीले दुवै देशका जनताको समृद्धि र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न आफू नेपालकी समकक्षी राष्ट्रपति भण्डारीसँग काम गर्न तयार रहेको बताएका छन्।  राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको लामो इतिहास रहेको र यस अवधिमा दुई देशले एकआपसमा सम्मान व्यक्त गरेको, एक अर्कासँग बराबरको हैसियतले व्यवहार गरेको र आपसी विश्वासलाई बलियो बनाएको समेत बताएका छन्।  गत वर्ष आफू र नेपालका राष्ट्रपतिले दुवै देशको भ्रमण गरी द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको समेत सीले उल्लेख गरेका छन्।

प्रकाशित: १८ श्रावण २०७७ ०१:५५ आइतबार

सी चिनफिङ