१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी भित्रकै प्रतिपक्षीले अप्ठ्यारो बनाए : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रकै प्रतिपक्षले अप्ठ्यारो पारेको बताएका छन्। बुधबार बसेको स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारको बचाउ गरे। 'सरकारले विकास निर्माणका काम गरेको छ। कोरोना रोकथाममा पनि उल्लेख्य काम गरेको छ तर पार्टी भित्रैबाट ति कामको प्रचार गर्ने काम भएन', उनले भने।

सरकारले नयाँ नक्सा जारी गरेर ऐतिहाँसिक काम गरेको बताए। पार्टी भित्र बहुमतको खेल खेलिएको उनले बताए। बहुमतकै खेलका कारण पार्टी झण्डै विभाजनको संघारमा पुगेको उनको भनाई थियो।

एकताको भावना अनुसार पार्टी नचलेको उनको गुनासो थियो। पार्टी भित्र सहमति सहकार्य गरेर जान आफु तयार रहेको बताउँदै उनले पार्टीका कुरा बाहिर विस्कुन नसुकाउन समेत चेतावनी दिए। कमिकमोरी पार्टी भित्र राखे सुधार गरेर जान सबै तयार भएको उनको भनाई थियो।

प्रकाशित: १० असार २०७७ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App