९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रुकुम घटना मानवताविरोधी अपराध : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिम रुकुमको चौरजहारीमा भएको घटना मानवताविरोधी अपराध भएको बताएका छन् । उनले राष्ट्रिय रूपमै चर्चामा रहेको घटना भएकाले यस घटनामा राज्यको ध्यान पुगेको बताए ।  

आइतबार नेपाल दलित मुक्ति संगठन प्रदेश ५ को ज्ञापन बुझेपछि मुख्यमन्त्री पोखरेलले अपराधमा संलग्नलाई कारवाही हुने बताए ।  उनले समाजभित्र गलत प्रवृत्ति र समतावादी प्रवृत्ति रहेको बताए । घटनामा गैरदलित समुदायका युवाले समेत ज्यान गुमाएकाले समाजमा समताको भावसमेत रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रयलाई निर्देशनसमेत दिएकाले अपराधमा संलग्नलाई कारबाही हुने कुरामा शंका नगर्न आग्रह गरे ।  

संगठनले छुवाछुतमुक्त राष्ट्रमा जातीयताकै कारण नरसंहार भएकाले सत्यतथ्य छानविनका लागि दलित आन्दोलनको प्रतिनिधित्व हुने गरि उच्चस्तरीय समिति गठन गर्न संगठनले माग गरेको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ २३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App