२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतद्वारा ३० हजार 'पीसीआर टेस्ट कीट' हस्तान्तरण

भारत सरकारले नेपाललाई कोभिड १९ परीक्षणका लागि आवश्यक पीसीआर टेस्ट किट सहयोग गरेको छ। भारतको दूतावासकोतर्फबाट राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु आइतबार हस्तान्तरण गरे।

भारतीय जनताकोतर्फबाट उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सकिने भारतीय दूतावासले जनाएको छ। गत वैशाख १० गते पनि राजदूत क्वात्राले नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेका थिए। गत चैत २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फ्रेन्स गरेर सार्कविरुद्ध साझा लडाईंमा समन्वय र सहकार्यको घोषणा गरेका थिए।

प्रकाशित: ४ जेष्ठ २०७७ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App